कहाँ कहाँ कार्यरत थिए सुर्खेत दुर्घटनामा ज्यान गुमाएका स्वास्थ्यकर्मी ?

काठमाडौँ, ८ माघ । आज विहानै सुर्खेतमा सड्क दुर्घटनामा परी चार जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । गाडीमा सवार कुल पाँच मध्ये चार जनाको ज्यान गएको हो । एक जना भने घाइते भएका छन् ।

दुर्घटनामा परी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सदस्यहरु २७ वर्षीय सागर शाही, ३३ वर्षका दीपेन्द्रजंग शाही, ३१ वर्षका बबिन शाही र ३६ वर्षका राजेन्द्र बीसीको ज्यान गएको हो ।

छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा प्र०१०२६च ९२१३ नं को डबल क्याप हाइलेक्स गाडी विहान करीब २ बजे तिर वीरेन्द्रनगर ११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो । गाडी सडकबाट करीव ७० मिटर तल खसेको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा झलक गौतमका अनुसार गाडी चलाउने सागर शाही स्वास्थ्य व्यवसायी (फार्मेसी सञ्चालक) हुन् । राजेन्द्र विसी गुराँस गाउँपालिका दैलेखका जनस्वास्थ्य निरीक्षक हुन् । यस्तै बबिन शाही भगवतीमाई गाउँपालिका दैलेखका जनस्वास्थ्य निरीक्षक हुन् । यसैगरी दीपेन्द्र जंग शाही डुंगेश्वर गाउँपालिका दैलेखका जनस्वास्थ्य निरीक्षक हुन् ।

घाइते भएका एक जना वीरेन्द्रराज शाही भैरवी गाउँपालिका दैलेखका जनस्वास्थ्य निरीक्षक हुन् । सुर्खेत अस्पतालमा उपचार भइरहेको उनलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *