सुर्खेत गाडी दुर्घटनामा चार जना स्वास्थ्यकर्मीको निधन

काठमाडौँ, ८ माघ । आज विहानै सुर्खेतमा भएको गाडी दुर्घटनामा परी चार जना स्वास्थ्यकर्मीहरुको निधन भएको छ । दुर्घटनामा परी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सदस्यहरु सागर शाही, दीपेन्द्रजंग शाही, बबिन शाही र राजेन्द्र बीसीको निधन भएको केन्द्रीय उपमहासचिव हिमालय तिवारीले पुष्टि गरे ।

सो दुर्घटनामा परी घाइते भएका राज शाहीको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा प्र १०२६ च ९२१३ नं. को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको थियो । गाडी सडकबाट ७० मिटर तल खसेको छ ।

दुर्घटनामा गाडी चालक बनेका फार्मेसी सञ्चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका- ३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।

गाडीमा पाँच जना सावार थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *