नवनियुक्त स्वास्थ्यमन्त्री पदम गिरीद्धारा पदभार ग्रहण

 

काठमाडौँ, ३ माघ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदवहालीका क्रममा उनले  देशैभरका सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णय गरेका छन्।

मन्त्री गिरीले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्तर्गत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका हुन्।

पहिलो निर्णय के भयो भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले जानकारी दिएका थिए ।

यसै गरी स्वास्थ्य राज्यमन्त्री बनेकी डा तोषिमा कार्कीले पनि पद तथा गोपनीयताको शपथ लिए संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी छन् ।

डा कार्की ललितपुर ३ बाट प्रतिनिधि सभामा सदस्यमा निर्वाचित भएकी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्दै स्वास्थ्य राज्यमन्त्री भएकी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *