स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भए पदम गिरी

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी बन्ने भएका छन् । सोमबार राती टुंगिएको दलिय भागवण्डामा स्वास्थ्य नेकपा एमालेलाई परेको थियो । सोही अनुसार एमालेले गिरीलाई स्वास्थ्य मन्त्री बनाएर पठाउन लागेको हो । गिरी गत प्रतिनिधि सभा निर्वाचनमा पर्वतबाट निर्वाचित सांसद हुन् ।

‘स्वास्थ्य मन्त्रालयको जिम्मा दिएका छौँ भनेर नेतृत्वबाट खवर आएको छ । म त्यसैको तयारीमा छु,’ नेपाली हेल्थसंग सम्छिप्त कुराकानी गर्दै गिरीले भने ।

स्वास्थ्य मन्त्री एमालेको भए पनि राज्यमन्त्री भने राष्टिय स्वतन्त्र पार्टीले पाउने करीव करीब निश्चित भएको छ ।

‘राज्यमन्त्री स्वतन्त्र पार्टीबाट आउने कुरा भएको सुनेको छु,’ गिरीले भने ।

यसअघि स्वास्थ्यमा दामोदर भण्डारी आउने कुरा थियो । तर दामोदरलाई उद्योग मन्त्री बनाउने पार्टीले निर्णय गरेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *