‘स्वास्थ्य मन्त्री एमाले, स्वास्थ्य राज्यमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई !’
काठमाडौँ, २ माघ । स्वास्थ्य मन्त्रालय दुई पार्टीको भागमा पर्ने भएको छ । बालुवाटार स्रोतका अनुसार स्वास्थ्य मन्त्री नेकपा एमालेले लिने र स्वास्थ्य राज्यमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने करीव करीव निश्चित भएको छ ।
मन्त्रालयको भागवण्डा मिलाउन अहिले बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसि रहेको छ ।
स्रोतले शिक्षा मन्त्रालय पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने करीव करीव टुगो लागेको जानकारी दिएको छ ।
तर, अन्तिम समयसम्म केही फेरवदल हुन सक्ने सम्भावना कायमै रहेको स्रोतले बतायो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]