मन्त्रालयको भागवण्डा गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै, स्वास्थ्य मन्त्रालय कसको भागमा ?

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक ओली र प्रधानमन्त्री दाहाल सोमबार बालकोटमा

काठमाडौँ, २ माघ । बालकोटको लञ्च मिटिङ पछि फर्कने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बाढ्न बाँकी मन्त्रालयको विषय आजै टुंगिने बताएका थिए ।

त्यस लगत्तै उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले आज साझ ५ बजे बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकिएको जानकारी दिएका थिए ।

यहि बैठकबाट कुन दललाई कति र कुन मन्त्रालय टुंगो लाग्ने बताइएको छ ।

सरकारमा सहभागी दलहरुबीच समन्वय र सहकार्य गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको थियो । प्रधानमन्त्री दाहाल र ओलीबीच बालकोटमा करीव ५ घण्टा छलफल भएको थियो ।

बालकोट बैठकले कतिपय मन्त्रालयको टुंगो लागिसकेको खबर समेत सार्वजनिक भएका छन् । तर मन्त्रालयको विषयमा अब पाँच बजे बस्ने बैठकले तय गर्ने बालकोट स्रोतले बतायो ।

स्वास्थ्य मन्त्रालय कसले पाउला ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुरु देखि नै स्वतन्त्रका केही सांसदहरुले दावी गर्दै आएका छन् । पछिल्लो पटक पनि खबर स्वतन्त्र पार्टीको भागमा परेको खबर सार्वजनिक भएको छ ।

‘सरकारका सहभागी दल हो, सम्भावना त हुने नै भयो तर अहिलेसम्म टुंगो लागेको अवस्था होइन । यो मन्त्रालयमा स्वतन्त्रको जस्तै नेकपा एमालेको पनि सशक्त दावी छ । आजको बैठकमा पनि एमालेले सो दावी प्रस्तुत गर्दछ,’ बालकोट स्रोतले भन्यो  ‘अन्तिममा कसको भागमा पर्छ त्यो त पछि नै थाहा हुन्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *