यतिको विमान पोखरामा दुर्घटना

तीन जना शिशु, चार जना चालक दलका सदस्य सहित ७२ जना सवार
7.3k
Shares

काठमाडौँ, १ माघ । काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमान पोखरामा दुर्घटना परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३२ मा उडेको नाइन एएनसी एटीआर -७२ उक्त विमानमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ ।

जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए ।

विमानलाई पाइलट कमल केसी र को पाइलट अन्जु खतिवडा थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । दुर्घटनामा भएको मानवीय क्षतिबारे केही खुलेको छैन ।

अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *