एमडी/एमएस भर्ना प्रक्रिया विवाद :

सर्बोच्चले भन्यो- ‘ एमडी/एमएस भर्ना प्रक्रियामा परिवर्तित म्याचिङ प्रणालीले विद्यार्थीहरुलाई अपूरणीय क्षति पुग्ने देखियो’ (आदेश पत्र सहित)

काठमाडौँ, १८ पुस । परिवर्तित म्याचिङ कार्यविधि लागू नगर्न सर्बोच्च अदालतले सोमबार नै चिकित्सा शिक्षा आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रवेश परीक्षा र त्यसको नतिजा आइसकेपछि आयोगले हठात रुपमा अपग्रेड सिस्टम भंग गर्दै नयाँ कार्यविधि लागू गरेपछि विद्यार्थीहरु सर्बोच्च गुहार्न गएका थिए ।

गत विहीबार विप्लव लामिछानेले रिट दायर गरेपछि त्यसको सुनुवाई सोमबार भएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले तत्कालका लागि परिवर्तित कार्यविधि लागू नगरी पुरानै अपग्रेड सिस्टमको कार्यविधि लागू गर्न आयोगका नाममा अन्तरिम आदेश दिएको थियो ।

के भनिएको छ आदेशमा ?
सर्र्बोच्चले दिएको अन्तरिम आदेशमा भनिएको छ, निवेदकले अन्तरिम आदेश माग गरेतर्फ बिचार गर्दा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्ययनको भर्नाको लागि सूचना प्रकाशित गरी आवेदन आव्हान गरी प्रवेश परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरिसकेपछि मिति २०७९।९।७ मा चिकित्सा शिक्षा आयोगले विद्यार्थी भर्नाको लागि साविकदेखि अपनाई आएको प्रक्रिया म्याचिङ प्रणाली परिवर्तन गरेको भन्ने देखियो ।

यसरी परिवर्तित म्याचिङ प्रणाली समेत कुनै तर्कपूर्ण र न्यायोचित आधारयुक्त रहेको देखिन आएन । हचुवा र स्वच्छाचारी रुपमा उक्त प्रणाली परिवर्तन गरिउको कारणबाट निवेदकलाई अपुरण्ीय क्षति पुग्न जाने अवस्था देखिएकोले २०७९।९।७ मा प्रकाशित सूचना बमोजिमको म्याचिङ प्रणाली हाल लागू नगरी २०७८।११।२३ को साविक सूचना तथा म्याचिङ प्रणाली अनुसार विदार्थी छनौटका लागि प्राथमिकता निर्धारण गर्नु गराउनु र विदार्थी छनौट गरी भर्ना गर्नु भनी सर्बोच्च अदालत नियमावली २०७४ को नियम ४९(२) क बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *