प्रतिनिधि सभा सदस्य निर्वाचन :

पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव फराकिलो मतान्तरले पराजित

काठमाडौँ, ७ मंसिर । प्रतिनिधि सभा सदस्य निर्वाचनमा पूर्व उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव फराकिलो मतान्तरले पराजित भएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादवलाई यसपटक निर्वाचनमा भाग लिएको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले दोब्बर बढी मतान्तरले हराईदिएका हुन् ।

यादव यसपटक सप्तरी क्षेत्र नं २ बाट उम्मेद्धार बनेका थिए । यादवकै लागि भनेर जसपाले सो क्षेत्रमा नेकपा एमालेसंग समेत तालमेल गरेको थियो । निर्वाचन आयोगले दिएको अन्तिम मत परिणाम अनुसार राउतले ३५ हजार ४२ मत प्राप्त गरेका छन् । जवकी यादवले आधा भन्दा कम अर्थात १६ हजार ९७९ मत मात्रै प्राप्त गरे ।

यादव गत २०७४ सालको निर्वाचनमा सप्तरी २ बाट नै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । त्यसअघिका दुईवटा निर्वाचन २०६४ साल र २०७० सालमा भने उनले सुनसरी ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

लगातार चार जीत हात पार्ने दाउमा रहेका यादवको यसपटक भने ब्रेक लागेको छ । विसं २०६२ ०६३ को आन्दोदन पछि चलेको मधेश आन्दोलनको नेतृत्व गरेर एकाएक चर्चामा आएका यादव पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारको पालामा उपप्रधान एवं स्वास्थ्य मन्त्री बनेका थिए । तर उनले स्वास्थ्यमा राम्ररी काम गर्न नसकेको भन्दै अर्को मन्त्रालय सरुवा गरिएको थियो ।

त्यसलगत्तै उनी सरकार छाडेर बाहिरिएका थिए ।

पछिल्लो पटक पाँच दलिय गठवन्धनका एक सदस्य बनेको जसपाले निर्वाचनको मुखमा भने एमालेसंग तालमेल गर्ने निर्णय लिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *