‘मधुमेहका औषधि सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क पाईन्छ’

काठमाडौँ, २९ कात्तिक । धेरैलाई थाहा नहुन सक्छ सरकारले स्थानीय तहका जनतालाई सुविधा हुने गरी मधुमेह रोग विरुद्धका दुईवटा औषधि निशुल्क उपलव्ध गराउँदै आएको छ । यी औषधिहरु आधारभूत स्वास्थ्य चौकी स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पतालमा निशुल्क उपलव्ध छ ।

मधुमेहका बिरामीले खानु पर्ने ‘ग्लिेमेपिराइड’ र ‘मेटफर्मिन’ औषधि स्थानीय तहसम्म उपलव्ध भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगर्त नसर्ने रोग शाखा प्रमुख डा फडिन्द्रप्रसाद बरालले जानकारी दिए ।

त्यसो त सरकारले आधारभूत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्धती (स्टान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) अनुसार ९८ प्रकारका औषधिहरु आधारभूत तहका स्वास्थ्य संस्थाबाट नै निशुल्क उपलव्ध गराएको छ । त्यसमा धेरै जसो नसर्ने रोगका बिरामीलाई प्रयोग हुने,दीर्घ रोगीले खानुपर्ने औषधिहरु रहेका छन् ।

डा बरालले मधुमेहको उपचारमा २० औं प्रकारका औषधि प्रयोग हुने भएपनि (टाइप २ डायविटिज)मा प्रयोग हुने यी दुई औषधिले आम सर्वसाधारणको स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले यी औषधिहरु सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क उपलव्ध हुने बताए ।

स्थानीय तहले वितरण गर्ने यी औषधिहरु खरीदका लागि संघीय सरकारले गतवर्ष प्रत्येक प्रदेशका लागि एक एक करोडको दरले सहयोग गरेको थियो । तर यसपटक बजेट प्रत्येक प्रदेशमा २० लाख रुपैयाँका दरले पठाइएको छ ।

‘यसले केही सहयोग हुने भयो तर नपुग रकम स्थानीय पालिकाहरुले नै उपलव्ध गराउन पनि सक्छ,’ डा बरालले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *