आज ४ जनामा कोरोना संक्रमण
काठमाडौँ, १० कात्तिक । देशमा कोरोना संक्रमित हुनेको सख्या पछिल्ला दिनमा घट्दो क्रममा रहेको छ । विहीबार (आज) देशभर ४ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । हिजो र अस्ती संक्रमित हुनेको संख्या १६ थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७९ जनाको आरटीपीसीआर र २७५ जनाको एन्टीजेन गरी कुल ३५४ जनाको परीक्षण गर्दा ३ जना पीसीआर र १ जना एन्टीजेन गरी कुल ४ जनामा संक्रमण भएको हो । मन्त्रालयले आज २२ जना कोरोना संक्रमण मुक्त भएको उल्लेख गरेको छ ।
यो अवधीमा कोरोनाको कारण कसैको मृत्यु नभएको समेत मन्त्रालय प्रष्ट पारेको छ ।
मन्त्रालयले आजको समेत गरेर देशमा कोरोनाका सक्रिय संक्रमित ६२२ जना रहेको बताएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]