डेंगु संक्रमणबाट ३२ जनाको मृत्यु, २५ हजार ५४३ जना संक्रमित

काठमाडौँ, १० असोज । नेपालमा हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २५ हजार ५४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २५ हजार ५४३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १९ हजार ९१० जनामा डेंगु संक्रमण देखिएको छ ।

यस्तै, लुम्बिनीमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३८०, कर्णालमा २३१ जनामा संक्रमण देखिएको छ ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका ७७ जिल्ला मध्ये ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *