डा. पुकार नेतृत्वको टोलीले एक वर्षमा गर्‍यो १८४ जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौँ, ७ असोज । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपणविज्ञ डा. पुकार चन्द्र श्रेष्ठले आफू नेतृत्वको टोलीले पछिल्लो एक वर्षमा अहिलेसम्मकै बढी मिर्गौला प्रत्यारोपण गरेको बताएको छन् ।

पछिल्लो पटक आफू नेतृत्वमा आएपछिको एक वर्षमा केन्द्रमा १८० जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना गरी कुल १८४ जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको  जनाएका छन् ।

यसअघि सबैभन्दा बढी प्रत्यारोपण भएका बेला केन्द्रले एक वर्षमा १७९ जनाको गरेको थियो । त्यसबेला भएको प्रत्यारोपणको पनि डा श्रेष्ठले आफै नेतृत्व गरेको बताए ।

बुधबार आफूले पछिल्लो पटक केन्द्रको नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्छिप्त बार्षिक प्रगति विवरण सुनाउने क्रममा डा श्रेष्ठले भने, ‘कोभिड १९ को माहामारी र औषधिको अभावका बीच पनि हामीले १८४ जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भयौँ ।’

उनले यहि अवधीमा तीन जनामा कलेजो प्रत्यारोपण गरेको जनाए ।

डायलाईसिस मेसिन पनि थपियो
डा श्रेष्ठले पछिल्लो एक वर्षमा केन्द्रमा मिर्गौला फेल भएकाहरुको लागि चाहिने डायलाईसिस मेसिन थपिएको बताए । ‘यसअघि केन्द्रमा ३५ मेसिन थियो अहिले ७२ पुगेको छ र अधिकांश सञ्चालनमा ल्याइएको छ । जसबाट निःशुल्क डाइलाइसिसका दैनिक १५० जना विरामीहरु लाभान्वित भएका छन्,’ उनले भने ।

मस्तिष्क मृत्युपछिको अंगदान अभियान सञ्चालन
डा श्रेष्ठले यसवर्ष मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण कार्यक्रमलाई सरकारले विशेष प्राथमिकतामा राखी देशको ७ वटै प्रदेशमा व्यापक रुपमा प्रचार प्रशार गर्ने योजना अनुसार जनचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा लिइएको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषद्का सम्र्पूण सदस्यहरुले मृत्यु पश्चात आफ्नो सम्पूर्ण अंगदान गर्ने घोषणा गरेको र त्यसबाट आम जनमानसमा सकारात्मक सन्देश प्रवाह भएको बताए ।

मुटु उपचार सेवामा पनि सुधार
डा श्रेष्ठले केन्द्रले मिर्गौलामा मात्रै नभई मुटुको उपचार सेवामा पनि उल्लेखनीय प्रगति हासिल गरेको दावी गरेका छन् । केन्द्रको कार्डियोलोजी विभागलाई उदृत गर्दै उनले भने, ‘यसवर्ष २०० बढीको एन्जियोग्राम तथा एन्जियोप्लास्टी भै सकेको छ जुन केन्द्रको इतिहाँसमा सबैभन्दा धेरै हो ।’

उनले आगामी दिनमा कार्डियोलोजी विभागमा २० बेड छुट्याउन खोजेको भन्दै त्यसो गर्न सकेमा भक्तपुर र यसका पूर्वी जिल्लाहरुबाट आउने मुटुका विरामीहरुको लागि यहाँ २४ सै घण्टा मुटुको सेवा उपलव्ध गराउन सकिने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *