वीर अस्पतालका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

काठमाडौँ, ६ असोज । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ। त्यहाँ रहेका टहरामा औषधि पसल थिए ।

बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो। केही पसलले औषधि  पसल खाली गरेका थिए । भने बाँकी संरचना महानगरले डोजर लगाएर अस्पताल वरिपरिका अधिकांश फार्मेसीका सटर भत्काएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *