नेपालमा डेंगु संक्रमितको संख्या ६७०७ पुग्यो

काठमाडौँ, २३ भदौ । काठमाडौँ लगायत देशका धेरै भागमा डेंगुको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ६ हजार ७ सय ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ५ हजार ६६ जनामा डेंगु संक्रमण देखिएको हो।

यस्तै, लुम्बिनीमा ९३३, प्रदेश १ मा २५६, सुदूरपश्चिममा १६१, गण्डकीमा १२८, मधेश प्रदेशमा ११९, कर्णालीमा ४४ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये दुईजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले १३९ स्थानिय तह, ६० जिल्ला र सात वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालनका लागि बजेट बिनियोजन गरेको जनाएको छ ।

यसको रोकथाम र नियन्त्रणका लागि अब सबै पक्ष लाग्नु जरुरी छ । किनभने फैलिरहेको प्रकोप रोक्न स्वास्थ्यकर्मीले मात्रै गरेको प्रयास प्रयाप्त नहुन सक्छ ।

त्यसकारण सम्पूर्ण जनप्रतिनिधि, समाजसेवी, महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी, स्थानीय संघ संगठन लगायतका व्यक्तित्वहरुको सामाजिक परिचालन गर्न आवश्यक देखिन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *