पूर्वमुमा बडामहारानी रत्नको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया

820
Shares

काठमाडौँ, १५ भदौ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया भएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा रत्नको बुधबार दरबारमार्गस्थित सुदृष्टि आँखा क्लिनिकमा देब्रे आँखाको शल्यक्रिया भएको हो ।

बरिष्ठ नेत्र चिकित्सक सुमन थापाको नेतृत्वमा रहेको टोलीले पूर्व मुमा बडामहारानी शाहको देब्रे आँखामा देखिएको मोतियाविन्दुको हटाउन शल्यक्रिया गरेको हो । शाहलाई लिएर पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल, पूर्व युवराज पारश र पूर्व युवराज्ञी हिमानी शाहसहितको टोली अस्पताल पुगेको थियो।

डा थापा यसअघि पनि राजपरिवारको उपचारमा सहभागिता जनाएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *