पूर्वमुमा बडामहारानी रत्नको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया
काठमाडौँ, १५ भदौ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया भएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा रत्नको बुधबार दरबारमार्गस्थित सुदृष्टि आँखा क्लिनिकमा देब्रे आँखाको शल्यक्रिया भएको हो ।
बरिष्ठ नेत्र चिकित्सक सुमन थापाको नेतृत्वमा रहेको टोलीले पूर्व मुमा बडामहारानी शाहको देब्रे आँखामा देखिएको मोतियाविन्दुको हटाउन शल्यक्रिया गरेको हो । शाहलाई लिएर पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल, पूर्व युवराज पारश र पूर्व युवराज्ञी हिमानी शाहसहितको टोली अस्पताल पुगेको थियो।
डा थापा यसअघि पनि राजपरिवारको उपचारमा सहभागिता जनाएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]