अफ्रिकी महादेशमा स्थापना भयो अफ्रिकन मेडिसिन एजेन्सी, मुख्यालय रुवाण्डामा

अफ्रिकन युनियनको बैठक

एजेन्सी ।  औषधिमा आत्मनिर्भर हुने योजनाका साथ अघि बढेको अफ्रिकन युनियनले आफ्ना सदस्य राष्ट्रहरुको साझा संस्थाको रुपमा अफ्रिकन मेडिसिन एजेन्सी स्थापना गरेको छ । गत १४ र १५ जुलाईमा जम्बियाको राजधानी लुसाका बसेको अफ्रिकन युनियनको अर्धबार्षिक समन्वय बैठकले मेडिसिन एजेन्सीको मुख्यालय रुवाण्डामा स्थापना गर्ने निर्णय समेत गरेको छ ।

त्यसो त अप्रिकन मेडिसिन एजेन्सी स्थापना गर्ने योजना प्रस्तुत गरेपछि अफ्रिकन युनियन समक्ष आफूकहाँ मुख्यालय स्थापना गर्न माग गर्दै रुवाण्डा बाहेक अन्य सातवटा देशले पनि प्रस्ताव पेश गरेका थिए । ती देशहरुमा अल्जेरिया, इजिप्ट, मोरक्को, तान्जानिया, टुनिसिया, युगाण्डा र जिम्बावे थिए । तर बोर्ड बैठकले रुवाण्डालाई छनौट गरेको छ ।

युनियनको निर्णयपछि रुवाण्डाका विदेशमन्त्रीले सामाजिक सञ्जालमा खुशी व्यक्त गर्दै आफ्नो देशलाई समर्थन गर्ने सबै सदस्य राष्ट्रहरुलाई धन्यवाद दिएका छन् ।

अफ्रिकन मेडिसिन एजेन्सी स्थापना भएपछि अप्रिकी महाद्धीपीय निकायमा यो दोस्रो स्वास्थ्य एजेन्सी बनेको छ । यसअघि सदस्य राष्ट्रहरुले त्यस क्षेत्रका लागि अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।

अफ्रिकन युनियनका अनुसार अफ्रिकन मेडिसिन एजेन्सीले औषधिको उत्पादन, नियमन, गुणस्तर सुरक्षित र प्रभावकारी चिकित्सा उत्पादनमा अफ्रिकाको पहुँच सुधार गर्न राज्य पक्षहरु र क्षेत्रीय आर्थिक समुदायाहरुसंग क्षमता बढाउने काम गर्ने छ ।

युनियनमा आवद्ध ५५ सदस्यीय राष्ट्रहरुले नयाँ निकायलाई धन्यावाद दिदै अफ्रिकी क्षेत्रमा औषधि उत्पादनका लागि सक्षम बाताबरणलाई बढावा दिने विश्वास व्यक्त गरेका छन् ।

त्यसो त अफ्रिकी मेडिसिन एजेन्सी लामो प्रयास पछि आएको हो । सन् २००९ मा अफ्रिकी मेडिसिन रेगुलेटरी हार्मोनाइजेसन इनिसिएटीभ (एएमआरएच) स्थापना भएको थियो । त्यसबेला सरकारी निकाय,नागरिरक समाज र औषधि उद्योगका व्यक्तिहरुलाई सहभागि गराइएको थियो ।

सन २०१९ को अप्रिकन युनियनको महासभाले अफ्रिकन मेडिसिन एजेन्सी स्थापना गरी त्यसले औषधिका क्षेत्रमा अध्ययन अनुसन्धान र लगानी बढाउनुका साथसाथै त्यसको गुणस्तर, सुरक्षा र प्रभावकारिताको अनुगमन गर्ने अधिकार दिनका लागि पहल गर्ने प्रस्ताव उठाएको थियो ।

सन् २०२० मा एजेन्सी स्थापना गर्न १५ वटा देशले हस्ताक्षर गरेका थिए । तर पनि यसले मुर्त रुप लिन सकिरहेको थिएन । पछिल्लो पटक कोभिड १९ को प्रकोपले अफ्रिका महादेशमा स्वास्थ्य क्षेत्रले सामाना गर्ने चुनौतीहरुलाई बढाएको बताइएको थियो ।

महामारीका बेला अभाव भएका औषधि, खोप लगायत स्वास्थ्य उपकरणले औषधिमा आत्म निर्भर नभई सुखै छैन् भन्ने बुझेर यो संस्था स्थापना गरिएको युनियनले बताएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *