गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई कोरोना संक्रमण

काठमाडौँ, ४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको हो।

मुख्य मन्त्री पोखरेललाई आइतबारदेखि नै सामान्य रुघा लागेको थियो । सोमबार बिहानबाट भने हल्का ज्वरो समेत आएको थियो।

त्यसपछि चिकित्सकको निगरानीमा रहेका पोखरेलको मंगलबार पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ।

बुधबार बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ। हाल उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *