आईओएमले सच्यायो पत्र : आईतबार विहानी सत्रको सेवा निरन्तर

काठमाडौँ, ३२ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)ले त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र वीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रलाई आइतबार विहानी सेवालाई सुचारु गर्न भनेको छ ।

आईओएमले यसअघि आफ्नो ५० औँ बार्षिकोत्सवको अवसरमा आइतबार (भोली) तीनवटै अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी विभागीय प्रमुख र फ्याकल्टीहरुलाई कार्यक्रममा सहभागी हुन शुक्रबार पत्राचार गरेको थियो । सो निर्णयको सामाजिक सञ्जालमा तिब्र आलोचना भएपछि आईओएमले शुक्रबार नै ती अस्पतालहरुलाई अर्को चिठी पठाउँदै विहानी सत्र (हाफ डे)सम्म सेवालाई निरन्तरता दिन भनेको हो ।

‘५० औँ बर्ष पुगेको अवसरमा आयोजित सप्ताह व्यापी कार्यक्रमको भोली मुख्य दिन रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि भएर आउँदै हुनुहुन्छ । त्यसकारण आकस्मिक बाहेकका सेवा बन्द गरेर विभागीय प्रमुख र फ्याकल्टीहरुलाई सहभागी हुन भनिएको थियो । तर तत्कालै सो निर्णयलाई पुर्नबिचार गरी अर्को पत्र पठाएका छौँ अब आइतबार हाफ डे सेवा सुचारु हुन्छ,’ आईओएमकी डीन प्राडा दिव्यासिंह शाहले भनिन् ।

उनले विहानी सत्रमा ओपिडी देखि शल्यक्रिया समेतले निरन्तरता पाउने बताईन् ।

यसअघि पठाएको पत्रमा डीन प्राडा शाह आफैले हस्ताक्षर गरेकी थिईन् । तर सच्याइएको पत्रमा प्रशासन प्रमुख बिर्खबहादुर तामाङको हस्ताक्षर छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *