स्वास्थ्य राज्यमन्त्री केसीद्धारा स्वास्थ्य संस्था निरीक्षणलाई निरन्तरता

सरकारी र निजी स्वास्थ्य संस्था निरीक्षण पछि राज्यमन्त्री केसीले के भने ?

काठमाडौँ, ३१ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य संस्था अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएका छन् । उनले शुक्रबार पनि सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् ।

राज्यमन्त्री केसीले शुक्रबार कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र र महाराजगञ्जमा रहेको नेशनल प्याथ ल्यावको निरीक्षण गरेका छन् ।

निरीक्षण पछि के भने राज्यमन्त्री केसीले ?

आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रको निरीक्षण पछि राज्यमन्त्री केसीले केन्द्रको बृहत विकासका लागि आफू संवेदनशील भएको बताए । उनले नेपालमा पाईने जडीवुटीबारे अध्ययन, त्यसको प्रशोधन र अनुसन्धानबारे केन्द्रले राम्रो काम गरेको भन्दै प्रशंशा गरे ।

उनले आयुर्वेद अनुसन्धानका लागि पर्याप्त बजेट र जनशक्तिको व्यवस्थाका लागि आफूले पहल गर्ने बताए ।

हुन पनि केन्द्रमा अहिले एक जना ११ औं तहका कर्मचारी मात्रै स्थायी दरबन्दीमा कार्यरत छन् । अन्य सबै कर्मचारीहरु करारमा काम गर्दै आएका छन् ।

यस्तै नेशनल प्याथ ल्यावको अनुगमनका क्रममा स्वास्थ्य राज्य मन्त्री केसीले मापदण्ड नपुगेको ल्यावले सेवा दिँदा गुणस्तरीयता र स्वास्थ्य संवेदनशिलतामा प्रश्न उठ्ने बताए ।

अहिले पनि केहि प्रयोगशालाहरु मापदण्डभित्र नरहेको पाइएको भन्दै उनले प्रयोगशालाहरु मापदण्डमा रहेर काम गर्न आग्रह गरे ।

प्रयोगशाला अनुगमनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झा पनि सहभागी थिईन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *