स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि (पहिलो संसोधन)विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित

काठमाडौँ, २९ असार । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि (पहिलो संसोधन)विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेको विधेयकको प्रस्ताव माथी सांसदहरु प्रेम सुवाल र गिरिराजमणि पोखरेलले विधेयक माथि संसोधन प्रस्ताव राखेका थिए । सो प्रस्ताव माथि अन्य सांसदहरुले दफावार छलफल गरेका थिए ।

छलफल सकिएपछि सभामुख अग्नीप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेका थिए । सो क्रममा संसदबाट सो विधेयक सर्वसम्मतीबाट पारित भएको हो ।
संसोधन विधेयक पारित भएपछि यो ऐन बनेको छ ।

खासगरी स्वास्थ्यकर्मी माथि हुने हातपात तथा स्वास्थ्य संस्थामाथि हुने तोडफोडबाट जोगाउन यो संसोधन विधेयक ल्याइएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *