इलाममा पनि भेटिए ‘नाइरोबी फ्लाइ’का संक्रमित

इलाम, २८ असार । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् ।

जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता किराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण फैलिने बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित अस्पताल आउन थालेको जानकारी दिए । उनले भने, ‘किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ ।’

पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता सङ्क्रमित फेला पर्न थालेका हुन् । सङ्क्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गरे । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने उनीहरूको सुझाव छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *