नि:शुल्क स्वास्थ्य शिविर लिएर कर्णाली पुग्यो कान्तिपुर

काठमाडौँ, १४ असार । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) यसपटक निशुल्क स्वास्थ्य शिविर लिएर कर्णाली पुगेको छ । सोमबार केडीसीले सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं १४ स्थित गढी स्वास्थ्य चौकीमा निशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

केडीसीले अगुवाई गरेको यो शिविरमा बीएम टीपीबी फाउन्डेशन आईकेयर सेन्टरले हातेमालो गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पताल र संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै ग्लोबल आईएमई बैंकले समेत सहकार्य गरेको छ ।

एक दिने उक्त शिविरमा ३२५ जनाले सेवा लिएको शिविरको नेतृत्व गरेका केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए । उनका अनुसार शिविरमा एआरटी प्रविधिबाट दाँत भर्ने, दाँत सफा गर्ने, दाँत निकाल्ने लगायतका कामहरु भएका छन् । यस्तै आँखा सम्वन्धी साधारण परीक्षणहरु गरिएको थियो ।

डा श्रेष्ठले शिविरमा केन्द्र र स्थानीय तहका गरी कुल २० जना स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।

सो टोली आजै सुर्खेतको लेकवेसी नगरपालिका वडा नं ७ मा अर्को शिविरका लागि प्रस्थान गरेको छ ।

डा श्रेष्ठले कान्तिपुर डेन्टल शिक्षण अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगर्त एक दशक अघि देखि यस्ता शिविर सञ्चालन गर्दै आएको बताउँदै त्यसका लागि विभिन्न संस्थासंग सहकार्य गर्दै आएको जानकारी दिए । उनले अहिलेसम्म कान्तिपुरले देशका ६३ जिल्लामा शिविर गरिसकेको सुनाए ।

‘तर, कर्णाली प्रदेश हाम्रो लागि पहिलो हो । सुर्खेतमा शिविर आयोजना गरेसंगै हामीले देशका ६४ औँ जिल्लामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न सफल भयौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *