नवनियुक्त स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङद्धारा पदभार ग्रहण

228
Shares

काठमाडौँ, १३ असार । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन् ।

विहान ११ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ स्वास्थ्य मन्त्री बनेका हुन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बनेका छन् । यसअघि मन्त्रीमा उनकै पार्टीका विरोध खतिवडा स्वास्थ्यमन्त्री थिए। उनलाई फिर्ता बोलाएर खापुङलाई मन्त्रीमा बढुवा गरिएको हो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *