टेकु अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ

0
Shares

काठमाडौँ, १६ असोज । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौँ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँ, कीर्तिपुर नगरपालिका–४ बस्ने अन्दाजी ४१ वर्षीय राम कुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत असोज १४ गते राति करिब १ बजे अस्पतालको आकस्मिक कक्षमा पुगेका उनीहरूले ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई गालीगलौज, धाकधम्की दिँदै हातपात गरेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका तीनै जनाविरुद्ध ‘अभद्र व्यवहार गर्न नहुने कसूर’अन्तर्गत जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक एसपी दान बहादुर थापाले जानकारी दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *