यी हुन् स्वास्थ्य मन्त्री मेहताको सचिवालय हाक्ने जिम्मेवारी बोकेका आठ सदस्य

काठमाडौँ १३ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो सचिवालयमा आठ जना नियुक्त गरेकी छन् । मन्त्रालयले उपलव्ध गराएको सूचनामा मन्त्रीको विज्ञ सल्लाहकारको रुपमा डा मनोहर प्रधान नियुक्त गरिएको छ ।
तर उनी अवैतनिक रुपमा सल्लाहकारको भूमिकामा रहेको भनिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका डा प्रधान आफैले पनि केही समय अघि आफू स्वास्थ्य मन्त्रीको अवैतनिक सल्लाहकार हुँ भनेका थिए ।
यस्तै मन्त्रीले सचिवालयमा सुस्मिता क्षेत्रीलाई प्रमुख स्वकीय सचिव बनाएकी छन् । उनी उपसचिवसरहको तलब सुविधामा काम गरिरहेकी छन् । यस्तै स्वास्थ्य मन्त्रीको मिडिया समेत हेर्ने गरी स्वकीय सचिव अन्सु खनाल र समन्वय, कार्यान्वयन तथा अनुगमन अधिकृत भनेर जेनिसा लामिछाने शाखा अधिकृतसरहको तलब सुविधामा राखिएको छ ।
मन्त्री मेहताले सहायकस्तरमा रामदत्तकुमार मेहता र सञ्चार तथा जनसम्पर्क सहायकमा गणेशराज कपाडी नासुसरहको तलब सुविधा दिएर राखेकी छन् ।
यसैगरी केशरी माया स्याङ्तान र टिकुमाया श्रेष्ठलाई कार्यालय सहयोगीको पदमा श्रेणीविहीन कार्यालय सहयोगी प्रथमस्तरसरहको तलब स्केलमा छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



