उपराष्ट्रपति पुन स्वास्थ्य परीक्षण गर्न नर्भिक पुगे

काठमाडौं, १० असार । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार थापाथलीस्थित नर्भिक अस्पताल पुगि स्वास्थ्य जाँच गराएका छन् । दायाँ हर दुख्ने समस्या भएपछि उनी परीक्षणका लागि नर्भिक पुगेका हुन् ।

सो क्रममा उपराष्ट्रपति पुन अस्पतालमा करीब दुई घण्टा रहेका थिए ।

उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए ।

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो ।

सो क्रममा उहाँको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरुले बताएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *