गेटालाई चिकित्सा विश्वविद्यालय बनाउन सांसदको माग

काठमाडौँ, ६ असार । गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न सांसद दीपप्रकाश भट्टले माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा भाग लिदै सांसद भट्टले सुदूरपश्चिम प्रदेशमा चलनचल्तीमा रहेको डोट्याली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गरे ।

उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न स्थानीय भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम प्रदेशबाट पटकपटक प्रधानमन्त्री भएकामा शेरबहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताए।

गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित अत्तरिया संघर्ष समितिले शुक्रबार धनगढीमा प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

शुक्रबार धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्ने क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *