स्वास्थ्य क्षेत्रमा प्रयोग हुने बस्तुहरुको व्यापार गर्ने संस्थाहरु महासंघ मोडलमा गोलबद्ध हुँदै

1.3k
Shares

काठमाडौँ, २९ जेठ । स्वास्थ्य क्षेत्रमा प्रयोग हुने बस्तुहरुको व्यापार गर्ने क्रियाशिल संस्थाहरु अब महासंघको अवधारणाबाट समेत अघि बढ्ने भएका छन् । राजधानीमा आइतबार बसेको भेलाले नेपाल औषधि व्यावसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय तयारी समिति गठन गरेको छ ।
सो समितिमा जंजराज गिरी, किरण शर्मा सुरेश घिमिरे, भक्तबहादुर हमाल, अञ्जन पुडासैनी र पवन आचार्य सदस्य रहेका छन् । यस्तै सुरेन्द्र मानन्धर, मुकुन्दराज राजभण्डारी, पूर्णचन्द्र सापकोटा, रितेश रिमाल, प्रशान्त मानन्धर र खगेन्द्र कटुवाल रहेका छन् ।

‘औषधि व्यावसायी, औषधि आयातकर्ता, न्युट्रासिटिकल्स प्रडक्टको व्यावसायी, आयुर्वेद औषधि व्यावसायी, सर्जिकल सप्लायर्स लगायत जे जति मानव स्वास्थ्यसंग जोडिएका बस्तुहरुको व्यापार गर्ने संस्थाहरु छन्, ती संस्थाहरुलाई समेत एक जुट गराउने गरी महासंघको रुपमा अर्को छाता संस्था खोल्ने योजना बनेको छ । यसले मुख्य लक्ष्य व्यावसायिक हकहित र उपभोक्ता अधिकारलाई ध्यान दिनु हो,’ नेपाल औषधि आयातकर्ता संघका महासचिव एवं तयारी समितिका सदस्य पवन आचार्यले भने ।

उनले यो समितिले भेलामा छुटेका प्रतिनिधिमुलुक बाँकी संस्थाहरुलाई समेत समेटेर लैजाने बताए ।

आचार्यले एक देखि डेढ महिना भित्र नयाँ संस्थाको नाम, विधान मस्यौदा तयार गर्ने, दर्ता प्रक्रियामा जाने काम सक्ने योजना रहेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *