स्वास्थ्य शिक्षा तथा अनुसन्धानमा सहकार्य गर्न कर्णाली प्रतिष्ठान र क्यानडाको विश्वविद्यालयबीच सम्झौँता

काठमाडौँ, १८ जेठ । स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका विषयमा सहकार्य गर्ने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्याडास्थित मेमोरियल विश्वविद्यालय न्युफाउन्डल्याण्डबीच सम्झौँता भएको छ ।

ग्रामिण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा तथा शिक्षा दिई रहेका दुई संस्थाले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानका विषयमा आपसी सहयोग र अनुभव आदानप्रदान गर्न पाँच वर्षका लागि सम्झौँता गरेका हुन् ।

सम्झौँता पत्रमा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मंगल रावल र मेमोरोलियल विश्वविद्यालय न्युफाउण्डल्याण्डका तर्फबाट भाइस प्रेसिडेन्ट डा मार्गरेट स्टीलिले हस्ताक्षर गरेका छन् ।

‘उताको विश्वविद्यालय संगको सहकार्यमा सिक्स फर सिस्क भन्ने अनुसन्धानमुलक परियोजना सुरु भईसकेको छ । त्यसमा प्रतिष्ठानका डा तुलाकृष्ण गुप्ता एक वर्षको रिसर्च प्रोग्राममा आवद्ध हुनु भईसकेको छ । अब यताका एमडीजीपी लगायत आवासीय चिकित्सकलाई क्यानडामा गएर केही महिनाको लागि तालिम दिने र उताका पनि त्यसैगरी जुम्लामा आएर तालिम लिने काम हुनेछ,’ प्रतिष्ठानका उपकुलपति डा रावलले भने ।

उनले विदेशी विश्वविद्यालयसंगको सहकार्यले विद्यार्थी मात्रै नभई प्रतिष्ठानकै शैक्षिक सेवामा सहयोग पुग्ने बताए ।

मेमोरोलियल विश्वविद्यालय न्युफाउण्डल्याण्ड भाइस प्रेसिडेन्टले हस्ताक्षर गरेको सम्झौँता पत्र लिएर विश्वविद्यालयका तर्फबाट डा जिल एलिसन, डा डेविड एलिसन जुम्ला आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *