भरतपुर महानगरपालिका प्रमुखको पहिलो निर्णय : छोरीको निशुल्क बीमा, नगरबासीलाई खानेपानी निशुल्क

चितवन, ११ जेठ । भरतपुर महानगरपालिका भित्र जन्मने छोरीका लागि महानगरले निशुल्क बीमा गरिदिने भएको छ । यस्तै महानगरमा अब मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकले पनि त्यसबापत कुनै शुल्क तिर्नु पर्नेछैन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बुधबार विहान पदवहाली गर्ने क्रममा यी दुईवटा निर्णय गरेकी हुन् । पदवहाली पछि दाहालले आम जनताको जीवनसंग जोडिएका विषयलाई सम्वोधन गर्न पाउँदा आफूलाई खुशी लागेको समेत बताईन् ।

उनले भनिन्, ‘अब भरतपुरमा जन्मिने छोरीलाई निशुल्क बीमा हुनेछ । यो एक लाख रुपैयाँको र १५ वर्ष अवधीको हुनेछ । त्यस्तै ७ हजार लिटरसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन ।’

उनले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गरिन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *