अमेरिकामा गर्भपतन अधिकारसम्बन्धी कानून उल्ट्याउन लागेको खुलासा

फैसलाको मस्यौदा चुहिएपछि पक्ष र विपक्षमा प्रदर्शन

एजेन्सी । अमेरिकी सर्बोच्च अदालतले गर्भपतन अधिकारसम्वन्धी राष्ट्रव्यापी कानून उल्ट्याउन लागेको खुलासा भएको छ । सर्बोच्चबाट हालैका दिनमा चुहाईएको एउटा मस्यौदाले सो सकेत गरेको हो ।

अमेरिकी लाखौँ महिलाले गर्भपतन गर्न पाउने कानूनी अधिकार गुमाउनसक्ने भनिएको सो चुहिएको मस्यौदा बास्तविक भएको सर्बोच्च अदालतका प्रधानन्यायाधीशले पुष्टि गरेका छन् ।

पोलिटिकोमा छापिएको ९८ पेजको रोबिरुद्ध बेड नामको मुद्धाको दस्ताबेजमा न्यायाधीश स्यामुअल अलिटोले सन् १९७३ को गर्भपतन अधिकार स्थापित गर्ने निर्णय अत्यन्त गलत भएको लेखेका छन् ।

यदि मस्यौँदामा लेखिए जसरी सर्बोच्च अदालतले सो मुद्धा उल्ट्याईदिएमा अमेरिकाको २२ राज्यमा गर्भपतन गैरकानूनी हुनेछ ।
न्यायाधीशहरुले जुलाई महिनाको सुरुवातभन्दा अघि यो विषयमा निर्णय नसुनाउने ठानिएको छ ।

प्रधानन्यायाधीश जोन रोबर्टस्ले मस्यौदा बास्तविक भएको तर त्यसले अदालतको अन्तिम निर्णयको भने प्रतिनिधित्व नगर्ने बताएका छन् । उनले विज्ञप्ती जारी गर्दै चुहिएको मस्यौदाका विषयलाई गम्भीर उल्लंघन भन्दै त्यसबारेमा अनुसन्धान अघि बढाउन सर्बोच्च अदालतको मार्सललाई निर्देशन दिएका छन् ।

पोलिटिकोमा मस्यौदा छापिएपछि डेमोक्रयाटहरुले यसको विरोध गरेका छन् भने सर्बोच्च अदालत अगाडी गर्भपतन अधिकारको पक्ष र विपक्षमा प्रदर्शन भएका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरी सहज ढंगले समाचार पाउनुहोस्  https://www.facebook.com/nepalihealth

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *