भक्तपुरको दुवाकोटमा आजदेखि वीर अस्पतालको ल्याब र एक्सरे सेवा सुरु

काठमाडौँ, २ बैशाख । वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालले दुवाकोटमा आजदेखि उक्त सेवा सुरु गरेको हो ।
सेवा विस्तार गरेसँगै दुवाकोटबाट अब हात खुट्टा भाँचिएको, छाती लगायतका एक्सरे सेवा बिरामीले पाउने भएका छन् । उक्त सेवा दिन एक चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीहरु खटाइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



