प्रहरीका परिवारको उपचार गर्न कल्याणकारी कोषले दियो २ करोड रुपैयाँ

काठमाडौँ, २८ चैत । पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचाका लागि प्रहरी कल्याण कोषले महाराजगञ्जस्थि नेपाल प्रहरी अस्पताललाई २ करोड रुपैयाँ उपलव्ध गराएको छ ।

अस्पतालको ३८ औँ बार्षिकोत्सवको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोषका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहलाई सो रकम उपलव्ध गराएका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्‍घाटन गरे ।

अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७८’ र नेपाल मेडिकल जर्नलको समेत लोकार्पण गरे ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको सेवा प्रवाहमा अविश्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्ने प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गरेका थिए ।

यस्तै भिजिटिङ कन्सल्टेन्ट डा। विकल घिमिरे तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र संघ संस्थालाई प्रशंसापत्र एवम् कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत अर्थोपेडिक विभागलाई शिल्ड तथा प्रशंसापत्र र अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत प्रदान गरेका थिए ।

अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सिंहले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नेपाल प्रहरी अस्पताल सदैव प्रतिवद्ध रहेको बताईन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *