प्याकेजमा ‘होल बडी चेकअप’ सुरु गर्दै टेकु अस्पताल

काठमाडौं, १७ चैत्र । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले प्याकेजमा होलबडी चेकअप सेवा सुरु गर्ने तयारी गरेको छ ।

अस्पतालले वैदेशिक रोजगारीमा जानेलाई मध्य नजर गर्दै होल बडी चेकअप प्याकेज सुरु गर्न लागेको हो ।

अस्पतालका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई लक्षित गर्दै अबको केही महिनापछि होल बडी प्याकेज सेवा सुरु गर्ने योजना रहेको छ । अस्पतालले अल्ट्रा साउण्ड, भिडियो एक्सरे विभिन्न सरुवा रोगहरुको रगत परीक्षण लगायतका सेवा दिँदै आएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *