ललितपुर महानगरले सुरु गर्‍यो चिकित्सक सहितको एम्बुलेन्स सेवा

44
Shares

काठमाडौँ, १ भदौ । ललितपुर महानगरपालिकाले नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवा सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले ‘चिकित्सक सहितको एम्बुलेन्स सेवा’ सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा महानगरपालिकाले सोमबार एक समारोहका बीच उक्त सेवा प्रारम्भ गरेको हो ।

सो अवसरमा बोल्दै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आपत्कालीन अवस्थामा बिरामीलाई अस्पताल पुर्‍याउनुअघि नै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको बताए ।

उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा एम्बुलेन्समार्फत बिरामीलाई आवश्यक प्राथमिक उपचार तथा स्वास्थ्य सेवा प्रदान गरिने र यसले गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालसम्म पुर्‍याउँदा हुन सक्ने जोखिम कम गर्न सहयोग पुग्ने बताए ।

सो अवसरमा चिकित्सक सहितको एम्बुलेन्स सेवाका लागि निशुल्क नम्बर ११३१ मा सम्पर्क गर्नु पर्ने जानकारी दिइयो ।

चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनले महानगरवासीलाई आकस्मिक स्वास्थ्य उपचारमा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *