डडेल्धुरा अस्पतालको निर्देशकको जिम्मेवारी डा. दिपेन्द्र पाण्डेलाई

5.5k
Shares

काठमाडौँ, १६ चैत । सरकारले डडेल्धुरा अस्पतालको निर्देशकमा डा. दिपेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै दशौँ तहका डा पाण्डेलाई डडेल्धुरा अस्पतालको निर्देशक बनाउने निर्णय गरका हुन् ।

डा पाण्डे त्रिशुली अस्पतालमा मेडिकल सुपरीडेन्डेन थिए ।

डडेल्धुरा अस्पताल संघीय अस्पताल हो । त्यहाँ एघारौँ तहको प्रमुख हुने व्यवस्था छ । तर माथिल्ला तहका चिकित्सकहरु त्यहाँ पठाउन नसकिएको मन्त्रालयले बताउने गरेको छ ।

‘अब डा पाण्डे जानु हुन्छ । डा पाण्डेले त्रिशुलीमा पनि राम्रो काम गरेर छाप छोड्न सफल हुनुभएको छ,’ मन्त्री खतिवडाका विज्ञ सल्लाहकार डा रमेश ढकालले भने ।

करीव दुई वर्ष त्रिशुली अस्पतालका मेसु बनेका पाण्डेले अस्पताल सुधारका लागि राम्रा प्रयास गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “डडेल्धुरा अस्पतालको निर्देशकको जिम्मेवारी डा. दिपेन्द्र पाण्डेलाई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *