खोप, स्वास्थ्य प्रणाली र सामाजिक सुरक्षामा लगानी बढाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खोप, स्वास्थ्य प्रणाली र सामाजिक सुरक्षामा लगानी बढाउनुपर्ने बताएका छन् ।

बुधबार बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअली सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । उनले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने बताए ।

साथै उनले नेपाल कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएका छन्।

उक्त सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा समेत जोड दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *