बीपी स्मृति सामुदायिक अस्पतालको व्यवस्थापन समिति परिवर्तन, अध्यक्षमा डा. सुधारप्रसाद अधिकारी

काठमाडौँ, १४ चैत ।  बसुन्धरास्थित वीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको व्यवस्थापन समिति परिवर्तन भएको छ । शनिबार सम्पन्न अस्पतालको १४ औं बार्षिक साधारण सभाले व्यवस्थापन परिवर्तन गरेको हो ।

साधारण सभाबाट अध्यक्षमा डा सुधारप्रसाद अधिकारी निर्वाचित भएका छन् । यसअघि त्यस अस्पतालको दुई कार्यकालको नेतृत्व डा केदारनरसिंंह केसीले गरेका थिए ।

निर्विरोध निर्वाचित १९ सदस्यीय नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा डा मधुसुदन पुन र उपाध्यक्षमा कृष्णमान श्रेष्ठलाई निर्वाचित गरेको छ । यस्तै अस्पतालको महासचिव पदमा प्राडा मोदनाथ मरहठ्ठा, कोषाध्यक्षमा ई महेश्वर नरसिंह केसी, सचिवमा गोमा उप्रेती र सह कोषाध्यक्षमा ताराप्रसाद फुलेल निर्वाचित भएका छन् ।

कार्यसमितिको ११ जना सदस्यहरुमा महेश्वर शर्मा पौडेल, प्रेमकुमार उलक, मेघनाथ थपलिया, माधव पाण्डे, टंकनिधी काप्री, मदन रेग्मी, राम कार्की र शम्भु घिमिरेलाई निर्वाचित गरेको छ । यस्तै मुनाकुमारी थापा, कमला सुतियार, ठाकुरप्रसाद पुडासैनी र गोकर्णप्रसाद अर्याल पनि कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

यस्तै साधारणसभाले अस्पतालको लेखा सुपरीवेक्षण समितिको संयोजकमा यमकुमार श्रेष्ठ, सदस्यहरुमा लक्ष्मीरमण बन र हुमनाथ शर्मा पौडेललाई निर्वाचित गरेको छ ।

१३ सदस्यीय आमन्त्रित सदस्य
साधारण सभाले १३ जनालाई अस्पतालको आमन्त्रित सदस्य बनाएको छ । आमन्त्रित सदस्यहरुमा प्राडा दिनेशविनोद पोखरेल, डा भुपेन्द्रकुमार बस्नेत, प्रकाश शर्मा, टिकाराम पौड्याल, शिवहरि नेपाल, नन्दप्रसाद दुलाल र ज्ञानवहादुर लामा छन् ।

यस्तै गोपाल ढुंगाना, मोतिराज पौडेल, डा घनश्याम सिग्देल, हरिप्रसाद अर्याल, समिता खड्गी श्रेष्ठ र नेत्रनारायण पौडेल पनि अस्पतालको आमन्त्रित सदस्य बनेका छन् ।

सोमबार एक कार्यक्रमका बीच नव निर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *