‘टेष्टट्युव बेबी’ सेवा सञ्चालन स्विकृतिका लागि मन्त्रालयमा २३ वटा स्वास्थ्य संस्थाको आवेदन
स्वास्थ्य मन्त्रालयले बनायो पाँच सदस्यीय स्थलगत अनुगमन समिति
काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा टेष्टट्युब बेबी (आईभीएफ) सेवा सञ्चालन स्वीकृतिका लागि २३ वटा संस्थाको निवेदन परेको छ । यसअघि मन्त्रालयले यस्तो सेवा सञ्चालन गर्ने संस्थाहरुलाई १५ दिनको समय दिएर दर्ता प्रक्रियामा आउन आव्हान गरेको थियो ।
सरकारको स्वीकृति विना नै मनलागी ढंगले टेष्टट्युब बेबी सेवा सञ्चालन गरिरहेको उजुरी परेपछि मन्त्रालयले यस्तो निर्णय लिएको थियो ।
‘हामीले १८ फागुनमा सूचना प्रकाशित गरी १५ दिन भित्र दर्ता प्रक्रियामा सहभागी हुन भनेका थियौँ । यो अवधीमा काठमाडौँ उपत्यका र बाहिरका गरी कुल २३ वटा सेन्टरले स्वीकृतिका लागि निवेदन पेश गर्नु भएको छ । अब हामीले हाम्रो चेकलिष्टको आधारमा कागजात हेर्छौं र स्थलगत अनुगमनमा जान्छौं,’ गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले भने ।
उनले स्थलतग अनुगमन पछि मापदण्ड पुगेकोलाई सञ्चालन अनुमति दिईने बताए । अहिलेसम्म नर्भिक आईभीएफ सेन्टर र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सञ्चालन गरेको आईभीएफ सेन्टरले मात्रै सञ्चालन अनुमति पाएको छ ।
मन्त्रालयले बनायो पाँच सदस्यीय स्थलगत अनुगमन समिति
काठमाडौँ उपत्यका र बाहिरका गरी कुल २३ वटा संस्थाले आईभीएफ सेन्टरको स्वीकृतिका लागि निवेदन दिएपछि मन्त्रालयले डा उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति गठन गरेको छ । सो समितिमा मन्त्रालयको बरिष्ठ औषधि व्यवस्थापक, मन्त्रालयकै अनुगमन शाखा प्रमुख, कन्सलटेन्ट गाइनोकोलोजिष्ट, कन्सलटेन्ट प्याथोलोजिष्ट सदस्य राखिएको छ ।
सो समितिले चेकलिष्ट हेर्ने र सेन्टरको स्थलगत अनुगमन गर्नेछ ।
यी हुन् टेष्टट्युब बेबी सेवा सञ्चालनका लागि निवेदन दिएका आईभीएफ सेन्टरहरु
१. वात्सल्य नेचुरल आईभीएफ प्रालि काठमाडौँ
२. क्रिएटर्स आईभीएफ नेपाल सातदोवाटो ललितपुर
३. नेपाल इन्टरनेशनल फर्टिलिटी एण्ड लाप्रोस्कोपिक सेन्टर पुल्चोक ललितपुर
४. मनमोहन आईभीएफ सेन्टर प्रालि स्वयंम्भू काठमाडौँ
५. नोवेल मेडिकल कलेज बिराटनगर
६. होप फर्टिलिटी एण्ड डाग्नोस्टिक प्रालि बबरमहल काठमाडौँ
७. स्नेह फर्टिलिटी सेन्टर काठमाडौँ
८. भेनस फर्टिलिटी प्रालि, मध्ये बानेश्वर
९. बरदान फरर्टिली सेन्टर प्रालि काठमाडौँ
१०.बिराट नर्सिङ प्रालि बिराटनगर
११. अल्का अस्पताल प्रालि जावलाखेल
१२. ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिल
१३. डेनिह हेल्थ क्लिनिक प्रालि बुटवल
१४. साहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा
१५. नेपाल परिवार नियोजन संघ ललितपुर
१६. काठमाडौँ मोडेल अस्पताल प्रदर्शनीमार्ग काठमाडौँ
१७. पोखरा फर्टिलिटी क्लिनिक पोखरा
१८. चितवन मेडिकल कलेज चितवन
१९. होप फर्टिलिटी एण्ड आईभीएफ सेन्टर पोखरा
२०. ग्राण्डी सिटी हस्पिटल प्रालि काठमाडौं
२१. इनफर्टिलिटी सेन्टर प्रालि काठमाडौँ
२२. माया आईभीएफ क्लिनिक प्रालि रुपन्देही
२३. एन्जेल फर्टिलिटी क्लिनिक प्रालि काठमाडौँ
सम्पर्क इमेल : [email protected]