चिकित्सा शिक्षामा अतिरिक्त शुल्क नलिन शिक्षण संस्थाहरुलाई आयोगको निर्देशन

176
Shares

काठमाडौं, १ भदौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट स्वीकृत शुल्कबाहेक अन्य शीर्षकमा अतिरिक्त शुल्क नलिन विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ।

आयोगले आज एक सूचना जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २(थ) मा गरिएको व्यवस्थाअनुसार शिक्षण संस्थाले विद्यार्थीबाट लिने शुल्क स्पष्ट रूपमा तोकिएको उल्लेख गरेको छ। उक्त व्यवस्थाअनुसार शिक्षण शुल्कमा शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम तथा परीक्षा शुल्कलगायत आयोगको स्वीकृतिमा शिक्षण संस्थाले लिने अन्य शुल्कसमेत समावेश हुने आयोगले जनाएको छ।

आयोगले यसअघि पनि विभिन्न मितिमा सबै शिक्षण संस्थालाई ऐनमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको् भन्दै पछिल्लो पटक गत २९ बैशाखमा भएको निर्णयलाई लागू गर्न निर्देशन दिइएको हो।

यसैगरी काउन्सिल रजिस्ट्रेसन शुल्क विद्यार्थी स्वयंले सम्बन्धित काउन्सिलमा बुझाउन सक्ने व्यवस्था गर्न तथा शिक्षण संस्थाले उपलब्ध गराउने होस्टेल र मेससम्बन्धी शुल्कलाई विद्यार्थीको ऐच्छिक विषयका रूपमा व्यवस्था गर्न आयोगले भनेको छ।

तर ऐन तथा स्वीकृत शुल्क संरचनाविपरीत विद्यार्थीबाट थप शुल्क असुल नगर्न र प्रचलित व्यवस्था पूर्ण रूपमा पालना गर्न सबै विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थालाई सचेत गराएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *