विभागद्धारा ऐन विपरित सञ्चालित १४ वटा औषधि पसलमाथि कारवाही
काठमाडौँ, २९ फागुन । औषधि व्यवस्था विभागले माघ महिनामा १४ वटा औषधि पसललाई कारवाही गरेको छ । विभागले गरेको निरीक्षणका क्रममा तोकिएको मापदण्ड पालना नगरेको पाइएपछि ती औषधि पसलहरुलाई कारवाही गरेको हो ।
काभ्रे, गोरखा, लमजुङ र तनहुँका ती औषधि पसलहरुलाई विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार अनुसार कारवाही गरेको बताएको छ ।
औषधि ऐन २०३५ को दफा २० मा ‘निरीक्षकले जाँचबुझ र निरीक्षण गर्न सक्ने प्रावधान राखिएको छ । त्यसको उपदफा ४ (क)मा निरीक्षण पछि परीक्षण गर्दा कुनै औषधि जनसुरक्षित, असरयुक्त र गुणस्तरयुक्त भएको पाइएपनि त्यस्तो औषधि उत्पादन, बिक्री वितरण, सञ्चय परिवहन वा निकासी पैठारी गर्ने व्यक्तिले यो ऐन वा यस ऐन अन्तरगर्त बनेको नियमको बर्खिलाप गरेको पाइएमा औषधि जफत गरी त्यस्तो व्यक्तिको अनुज्ञापत्र छ महिनासम्म निलम्बन गर्न सक्ने,’ उल्लेख छ ।
विभागका अधिकारीहरुले ती पसलहरुले ऐन नियम विपरितका गतिविधि गरेको भन्दै कारवाही गरेका हुन् । ऐनले छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था भएपनि कारवाही गरिएका पसलहरुमा सबैभन्दा बढी २१ दिन निलम्बन गरिएको छ ।
कुन कुन पसलमा भयो कारवाही ?
सम्पर्क इमेल : [email protected]