प्रहरीका डाक्टर नै ‘हराए पछि’….

काठमाडौँ, २६ फागुन । प्रहरी अस्पतालका एक जना चिकित्सक लामो समय देखि अनुपस्थित रहेपछि गृह मन्त्रालयको प्रहरी कर्मचारी प्रशासन शाखाले कारवाही प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले ती डाक्टरलाई अनुपस्थित हुनुको कारणसहित सात दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ । अन्यथा भविस्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तर्फको कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

मन्त्रालयका अनुसार हराएका डाक्टर प्राविधिक प्रहरी निरीक्षक डा विशाल जंग ठकुरी हुन् । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत नुवाकोट विदुर नगरपालिका -७ का उनी गत ८ कात्तिक देखि विना जानकारी अनुपस्थित भएका छन् । त्यसपछि प्रहरीले स्थायी ठेगानामा समेत पुगेर खोज तलास गर्दा समेत नभेटेपछि सूचना जारी गरेको जनाएको छ ।

यस्तै प्राविधिक प्रहरी निरीक्षक कार्तिकेश झालाई पनि मन्त्रालयले उही कारण देखाउँदे सात दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुशीमा एएफआईएस शाखामा कार्यरत उनी गत २२ कात्तिक देखि फेला नपरेपछि स्पष्टीकरण सहित हाजिर हुन आउनका लागि सात दिनको अवधी दिईएको मन्त्रालयले जनाएका छ ।

मन्त्रालयका अनुसार झा सर्लाहीस्थित रामनगर गाँउपालिका ३ का स्थायी वासिन्दा हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *