भारतीयहरु चिकित्साशास्त्र पढ्न किन जान्छन् युक्रेन ?

नयाँदिल्ली । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि भारतले त्यहाँ फसेका आफ्ना १६ हजार बढी नागरिकलाई स्वदेश फर्काउने तयारी थालेको बताएको छ ।

उसले त्यहाँ रहेकामध्ये करीव १४ हजार भारतीय अध्ययन्का लागि पुगेका विद्यार्थी छन् । त्यसमा पनि अधिकांश चिकित्साशास्त्रका विद्यार्थी रहेको बताइएको छ ।

भारतीयहरु चिकित्साशास्त्र पढ्न किन जान्छन् युक्रेन ?

भारतमा भन्दा सस्तो :

युक्रेनमा चिकित्साशास्त्रको पढाई भारतमा भन्दा कयौं गुणाले सस्तो पर्दछ । भारतमा निजी मेडिकल कलेजमा एमबीबीएस अध्ययन् पुरा गर्नु परेमा करीव १ करोड रुपैयाँ खर्च लाग्ने गर्छ । तर युक्रेनमा ६ वर्षको एमबीबीएस पढाई सक्न २२ देखि २५ लाख रुपैयाँ तिरे पुग्छ ।

युक्रेनको डिग्री विश्वभर मान्यता :

युक्रेनको मेडिकल डिग्रीलाई विश्वभर मान्यता दिईने गरेको छ । यस्तै त्यहाँ गएर अध्ययन गर्दा विद्यार्थीहरुलाई ग्लोबल एक्सपोजर पनि पाईन्छ । स्टडी इन युक्रेनको वेवसाइटका अनुसार युक्रेनका मेडिकल डिग्रीलाई विश्व स्वास्थ्य संगठन, युरोपियन युनियन र अन्य संस्थाहरुले मान्यता दिएको छ ।

भारतमा मेडिकल अध्ययनका लागि सिटको कमी :
युक्रेनमा मेडिकल अध्ययन् लोकप्रिय हुुनुको कारण भारतमा एमबीबीएस सिटको लागि हुनेवाला कडा प्रतिस्पर्धा पनि हो । देशभर एमबीबीएस अध्ययन्का लागि करीब ८८ हजार सिट छ । यसमध्ये सरकारी सिट करीव आधा छ । यत्ति सिटमा अध्ययन्का लागि भने लाखौँले परीक्षा दिने गर्दछन् । गत वर्षकै कुरा गर्ने हो भने १६ लाख भारतीयहरु एनईईटीको परीक्षामा सहभागी भएका थिए । हरेक वर्ष युक्रेनमा अध्ययन् गर्नका लागि भारतबाट करीव १८ हजार विद्यार्थीहरु युक्रेन पुग्ने गरेका छन् । त्यहाँ भर्ना प्रक्रिया पनि सहज रहेको छ ।

युरोप बस्नेको अवसर :
युक्रेनबाट प्राप्त गरेको मेडिकल डिग्रीले युरोपका सबै देशमा सहज ढंगले काम गर्न सकिन्छ । यति मात्रै होईन चिकित्सकलाई जागिरसंगै युरोपको स्थायी बासिन्दा बन्ने अवसर पनि हुन्छ । त्यसैले पनि भारतीय विद्यार्थीहरु युक्रेन अध्ययनका लागि जाने गर्दछन् ।

भारतमा पनि अवसर :
युक्रेनबाट प्राप्त गरेको मेडिकल डिग्रीको नेशनल मेडिकल कमिसनले पनि मान्यता दिने गरेको छ । मध्यमवर्गीय परिवारका विद्यार्थीहरुले युक्रेनबाट कम खर्चमा डाक्टर बनेर आउँछन् । यहाँ आएपछि केही परीक्षा दिएर चिकित्सकीय इन्टर्नशीप गर्छन र लाईसेन्स प्राप्त गर्दछन् । अर्कोकुरा विदेशी डिग्री भएका कारण भारतमा उनीहरुका लागि सहज ढंगमा राम्रो जागिरको अवसर पनि हुने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *