भोलिबाट १५ माघसम्म देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

696
Shares

काठमाडौँ, २६ पुस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि (२७ पुस) देखि १५ माघसम्म देशभरका आधारभूत तथा माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड संक्रमण तीब्र रुपमा फैलनुका साथै ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यालय बन्द गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

केही वेर अघि मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तीमा अहिले दिईने विदा बार्षिक विदामा मिलान हुने उल्लेख छ । मन्त्रालयले विदाको उक्तअवधीमा १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप लगाउन समेत आग्रह गरेको छ ।

यस्तै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुले पूर्व निर्धारित सेमेष्टर र बार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

यस्तो छ विज्ञप्ती

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *