चौविस घण्टा नपुग्दै खारेज भयो ६७ वटा देशबाट आउँदा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था

काठमाडौँ, ३ पुस । सरकारले ६७ वटा देशबाट आउँदा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था खारेज गरेको छ । अध्यागमन विभागले निर्णय गरेको २४ घण्टा नवित्दै यो व्यवस्था खारेज गरेको हो ।

अध्यागमन विभागले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट रोक्न भन्दै शुक्रबार विदेशबाट आउने यात्रुका लागि कडा प्रावधानसहितको सूचना जारी गरेको थियो ।

सो सूचनामा ६७ वटा देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन आफ्नै खर्चमा बस्नुपर्ने, त्यसपछि पीसीआर जाँच गर्नुपर्ने र त्यसमा नेगेटिभ आएमा पुन ७ दिन होम क्वारेन्टिनमा बस्ने गरी होटलबाट निस्कन मिल्ने भन्ने व्यवस्था थियो ।

‘विभागले शनिबार विहानै ७ दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था सम्बन्धी शुक्रबार प्रकाशित सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएको छ,’ भनेको छ ।

शुक्रबारको सूचनामा मलेसिया देखि अमेरिका सम्मका देशहरुबाट आउने यात्रुहरुले अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्ने भनिएको थिया े।

विभागको शनिबारको सूचना यस्तो छ: 

अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ। २४ सेप्टेम्बर २०२१ र २ डिसेम्बर २०२१ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू अझै सक्रिय छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *