यी ६७ देशबाट नेपाल भित्रिने यात्रुले सात दिन होटेल क्वारेन्टिन बस्नै पर्ने, पीसीआर जाँच गर्नै पर्ने

काठमाडौँ, २ पुस । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन भन्दै नेपाल भित्रने यात्रुहरुका लागि केही कडा प्रावधान अघि सारेको छ ।

स्वास्थ्य मन्त्रालयको सुझाव बमोजिम भन्दै अध्यागमन विभागले अब ६७ वटा देशबाट आउने यात्रुले अनिवार्य रुपमा ७ दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । सात दिनको होटल क्वारेन्टिनपछि आरटीपीसीआर विधिबाट कोभिड परीक्षण गर्ने र नेगेटिभ आएमा पुन ७ दिन होम क्वारेन्टिनमा बस्ने गरी घर जान पाइने व्यवस्था छ ।

यस्तै पोजेटिभ आएमा आइसोलेसन सेन्टर वा अस्पतालमा जानुपर्ने व्यवस्था उल्लेख छ ।

अध्यागमन विभागले सार्वजनिक गरेको देशहरुको सूचीमा नेपाली कामदारहरु रहेको देश मलेसिया देखि सम्पन्न देश अमेरिकासम्म छ । अफ्रिका , अमेरिका र युरोप देखि एसियाका थाइल्याण्ड, सिंगापुर जस्ता देशहरु पनि यसमा परेका छन् ।

हेरौँ अध्यागमन विभागले आज जारी गरेको सूचना 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *