शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशकबाट डा. ज्ञवाली हटाइए

4.0k
Shares

काठमाडौँ, १ असोज । सरकारले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक रहेका डा प्रेमराज ज्ञवालीलाई जिम्मेवारी मुक्त गरेको छ ।

गत २५ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले डा ज्ञवालीलाई कार्यकारी निर्देशकबाट हटाउँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै फिर्ता गर्ने निर्णय गरेको हो ।

डा ज्ञवाली तत्कालिन केपी ओली नेतृत्वको सरकारको पालामा प्रत्यारोपण केन्द्रमा ४ बर्षका लागि निर्देशक नियुक्त भएका थिए ।

शिक्षा मन्त्रालय अन्तरगर्तको त्रिवि शिक्षण अस्पतालबाट मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेशलाई नै परिवर्तन गरि डा ज्ञवालीलाई नियुक्त गरेको भन्दै त्यसबेला स्वास्थ्य समूहबाट चर्को विरोध भएको थियो ।

स्वास्थ्य मन्त्रालयले डा ज्ञवालीलाई गत २९ भदौको मितिमा पत्र लेख्दै कार्यकारी निर्देशकबाट फिर्ता गरिएको बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *