बागमतीको स्वास्थ्य मन्त्रालयमा अब स्वास्थ्य समूहकै सचिव

3.6k
Shares

काठमाडौँ, २८ भदौ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा अब स्वास्थ्य समूहकै सचिव हुने भएको छ । मन्त्रालयको संसोधित दरबन्दी तेरिजमा सचिवमा स्वास्थ्य समूह कर्मचारी सचिव हुने उल्लेख छ ।

यसअघिको दरबन्दी तेरिजमा प्रशासन समूहको एघारौँ तहको सचिव हुने व्यवस्था राखेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरोध जनाएका थिए । बागमती प्रदेशका स्वास्थ्यकर्मीहरुले त कोभिड खोप नै रोक्न थालेका थिए ।

अब बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा ११ औं तहका कर्मचारीले नेतृत्व गर्ने छन्।

नयाँ तेरिजमा पनि उपसचिवमा भने ९/१० औं तहका प्रशासनतर्फका कर्मचारी रहने उल्लेख छ ।

प्रदेशस्तरमा स्थापना भएका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव दरबन्दी हुन सकेको थिएन।

गण्डकी प्रदेशमा स्वास्थ्य सेवा तर्फका डा. विनोद विन्दु शर्मा, लुम्बिनीमा डा. विकास देवकोटा सचिवमा नियुक्त भएका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *